तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ११ गते, बिहीबार ८:१०

काठमाडौं। आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी। मातातीर्थ औंसीमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। यस दिन दिवङ्गत आमाको सम्झनामा काठमाडौंको पवित्रस्थल मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष लकडाउनका कारण मेला स्थगित गरिएको छ।
लकडाउनका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न लकडाउनले गर्दा पुग्न नसक्ने भएकोले विहानैवाट आमा हुनेहरुले आमालाई फोन गरेर तथा भिडियो च्याट गरेर ढोगभेट गर्ने कार्य गरेका छन्। कतिले गर्दै पनि छन्।

घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्ने कार्य पनि भैरहेको छ। आमा नहुनेहरुले नजिकका कुण्ड तथा मन्दिरमा गएर तर्पण गर्ने कार्य पनि भएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ११ गते विहीवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु