दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाज–सेवी अनिष कुमार शर्माबाट वडाको रोहवरमा १ सयजनालाई राहत प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १४ गते, आईतवार २०:००

काठमाडौं। विश्वभर फैलिरहेको कोरोनाभाइरसको महामारीको आक्रान्तको कारण नेपालमा लकडाउन भएको आज ३४ दिन पुगिसकेको छ। ३४ दिन पुग्दा काठमाडौ महानगरपालिका वडा नम्बर ४ ले विपन्न वर्गलाई राहत प्रदान गर्ने कार्यको दोश्रो चरण पुगेको छ।

आइतवार चण्डोल मार्गमा समाज–सेवी अनिष कुमार शर्माले वडाको रोहवरमा १ सयजनालाई राहत प्रदान गरेका थिए। समाज सेवी शर्माले आज सहित वडा नंबर ४ मा वडा सदस्य दिनेश महर्जनको अनुरोधमा तीनपल्ट राहत वितरण गरिसकेका छन्।

दोश्रो चरणमा पहिलो चरणमा जस्तो राहत लिनेको संख्यामा कमी हुन थालेको महशुश गरिएको छ। कतिपय डेरा गरेर वस्ने ज्याला–मजदूरी गर्नेहरु घर फर्किसकेको कारणवाट पनि पहिलो चरणमा जस्तो राहत लिनेको संख्यामा अलि कमी भएको ठहर काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष मोहन वहादुर विष्टको ठहर रहेको छ।
दोश्रो चरणसम्ममा आइपुग्दा काठमाडौं महानगरपालिका वडा नंबर ४ मा ५ हजार २ सय भन्दा बढी विपन्न वर्गलाई राहत प्रदान गरिसकेको छ। महानगरपालिकाको बजेटले नपुगेर स्थानीय समाज–सेवी तथा विभिन्न संघ–संस्थाले प्रदान गरेको राहतलाई वडाको रोहवरमा वितरण गरिएको जानकारी वडा अध्यक्ष विष्टले दिएका छन्।

वडा नंबर ४ क्षेत्राधिकार रहेका बागमती प्रदेशका सांसद नारायण सिलवालले प्रदेश सरकारको नियम कानून अनुरुप स्थानिय सरकारले सहज रुपमा विपन्न वर्गलाई राहत प्रदान गर्ने कार्य भैरहेको बताए।
वडा नंबर ४ मा विपद व्यवस्थापन समिति संयोजक समेत रहेका वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले वडा नंबर ४ मा व्यवस्थित रुपमा क्वारेन्टाइनको व्यवस्था गरेको तथा संक्रमणको आशंका गरिएकाहरुको र्यापिड टेष्ट गर्दा सवैको नेगेटिभ आउंदा वडावासीहरुलाई राहत महशुष भएको बताएका छन्।
त्यसैगरेर, महिला वडा सदस्य सरु अधिकारीले राहत लिन आउन नसकेका विपन्न बृद्ध–बृद्धा तथा गर्भवती महिलाहरुलाई घरैमा पुगेर राहत दिने कार्य भएको पनि प्रतिक्रिया दिएकी छन्।
राहत बितरणमा बागमती प्रदेशका सांसद सिता अधिकारी,भिजन संसार डट कम का बरिस्ठ समचार सम्पादक श्याम स्मृत लगाएतको उपस्थिति रहेको थियोे ।

प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु