
काठमाडौं – सरकारले लकडाउनकाे समयावधी १५ दिन थप गर्दै जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र २ जनाको मृत्युसमेत भएपछि सरकारले थप १५ दिन लम्ब्याएकाे हाे ।


