दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सञ्चारकर्मीहरुले ल्याए देशभक्ति गीत ‘इतिहास’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते, आईतवार २०:०६

काठमाडौं ११ जेष्ठ
काठमाडौं विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ।
गीतमा सञ्चारकर्मी रवीन्द्र सुवेदीको शब्द एवम् सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिवेश गुरुङले यस गीतको भिडियो निर्देशन गरेका छन्।
गीतको संगीत संयोजन ओम सुनारले गरेका छन् भने प्रोजेक्ट संयोजन समीर नेपालले गरेका छन्।
प्रवीण भट्टको सम्पादन रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् । टंक कार्की (छिमेकी) को संयोजनमा निर्माण भएको गीत ‘ए प्लस’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको मुख्य भूमिका रहेको छ भने सहयोगी भूमिकामा दिपशन परियार र बिनय सापकोटा लाई देख्न सकिन्छ।
सेमी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा इतिहासको गाथा र नेपालीको वीरतालाई उजागर गरिएको छ ।
गित बारे यस गितका निर्देशक, गायक एवम् कलाकार गुरुङ भन्छन् देशलाई अफ्याठ्यारो परेको अबस्थामा हरेकले आफ्नो ठाँउ बाट सकेको गर्ने हो र एक कलाकारको नाताले आफ्नो कलाकारीताको माध्यमबाट देशलाई प्रहार गर्नेहरु लाई हामिले जबाफ दिने प्रयास गरेका छौ । आशा छ हरेक नेपालीले यस गितलाई हेरेर मन पराईदिनुहुनेछ । विशेषगरि बिदेशीले बुझोस् भनेर भिडीयोमा सव टाइटल पनि हालेका छौ त्यसैले पुग्न पर्ने ठाँउमा नेपाली दाजुभाई दिदिबहिनीलाई यो गित सामाजिक संजालको माध्यम मार्फत हरेक दर्शक स्रोतामा पुर्याइदिन अनुरोध गर्न चाहान्छु।

भारतले मिचेको नेपालको भूमि कालापानी, लिपुलेक जस्ता भूभाग फिर्ता गरिनुपर्छ भन्ने सन्देश गीतमार्फत् दिन खोजिएको छ । गीत आहा टिभीको अफसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु