दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना संक्रमित देशको सूचीमा भारत १० औं स्थानमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते, सोमबार २०:१८

एजेन्सी- भारत कोरोना संक्रमित बढी हुने देशमध्ये १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १०औं स्थानमा रहेको हो । भारतमा बिगत २४ घण्टामा ६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएका छन् भने १ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ हजार २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय बढी पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा पनि सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित छन् । त्यहाँ ५० हजार २ सय ३१ कोरोना भाइरस संक्रमित रहेका छन् ।महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् ।गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन् । नयाँ दिल्लीमा मात्रै १३ हजार ४ सय १८ जना कोरोना संक्रमित रहेका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु