दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साना करदाताले मोबाइल एपबाटै आयकर र राजस्व तिर्न सक्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते, बिहीबार २१:३०

काठमाडौं -साना करदाताले आयकर र राजस्व मोबाइल एप तथा विद्युतीय माध्यमबाटै तिर्न सक्ने भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाका अनुसार वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना करदाताले यस्तो सुविधा पाउनेछन् । त्यस्ता करदाताले बैंक मार्फत कर बुझाउँदा आय विवरण समेत बुझाउन सक्नेछन् ।

यसैगरी बक्यौता नरहेका करदाता स्वयम्‌ले पेश गरेको आय विवरण अनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट लिन पाउने व्यवस्था समेत गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

उपभोक्ताले विद्युतीय उपकरणमार्फत वस्तु तथा सेवा खरीद भुक्तानी गर्दा प्राप्त हुने रकममा प्रोत्साहन स्वरुप अग्रीम कर कट्टी गर्नु नपर्ने व्यवस्था समेत मिलाइएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु