
नेपालमा कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी थपिएको जानकारी दिएका हुन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्या २६३४ पुगेको जानकारी दिएका हुन् ।
हिजो संक्रमित संख्या २३ सय पुगेको थियो । वैशाखभर २ सय संक्रमित थपिएकोमा जेठ महिनाको २२ दिनमा २ हजारभन्दा बढी संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।


