दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्व सांसद सुतिहारको पहलमा मास्क र साबुन वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते, शनिबार १५:४७

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद सकलदेव सुतिहारको पहलमा सप्तरीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मास्क र साबुन वितरण गरिएको छ ।
पूर्व सांसद सुतिहारले काठमाडौंमा नै रहेर पनि जिल्लाका लागि पहल गरेका हुन् । उनको सक्रियतामा हालै सप्तरीको कञ्चनरुप नगरपालिकामा ५ सय थान मास्क र ५ सय थान साबुन वितरण गरिएको छ । सुतिहारले सामग्रीका लागि आफ्ना साथी महेश अग्रवालले सहयोग गरेको जनाएका छन् ।

उनले फेसबुकमार्फत सहयोग गरेकोमा अग्रवालप्रति आभार व्यक्त गरेका छन् । सप्तरी क्षेत्र नम्बर १ का क्षेत्रीय सह सभापति तथा मेयरका प्रत्यासी ललनप्रसाद गुप्ताले पनि नेता सुतिहारले गरेको सहयोगको प्रशंसा गरेका छन् । सुतिहारकै पहलमा यसअघि २ नम्बर क्षेत्रमा पनि २६ सय ५० थान मास्क र १५ सय ७५ थान साबुन वितरण गरिएको थियो । २ नम्बर क्षेत्र सुतिहारको निर्वाचन क्षेत्र हो । यहाँ एउटा नगरपालिका र तीन गाउँपालिका रहेका छन् ।
नेता सुतिहारले विभिन्न व्यक्तिको सहयोगमा सामग्री वितरण गरिएको बताए । आफू जनताको मान्छे भएकाले जिल्लाका लागि केही सहयोग गरिएको उनको भनाई छ । सुतिहार २०७० सालको संविधानसभामा सरकारको सिफारिसमा राष्टपतिद्धारा मनोनीत सांसद हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु