दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बलिउड अभिनेता अभिताभ बच्चन र जया बच्चनले ४७ औं विवाह उत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते, मंगलवार ७:१३

काठमाडौं ।बलिउड अभिनेता अभिताभ बच्चन र जया बच्चनले ४७ औं विवाह उत्सव मनाएका छन्।

सन् १९७३ जुन ३ तारिखमा वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडी बलिउडको आर्दश दम्पत्ति मानिन्छ। यस अवसरमा अमिताभले सामाजिक सञ्जालमार्फत विवाह उत्सवको स्मरण गरेका छन्।

उनले ४७ वर्षअघि फिल्ममै काम गर्दा जयालाई भेटेका थिए। उनी अभिनित जञ्जिर फिल्ममा उनको अपोजिटमा जयाले अभिनय गरेकी थिइन्। यही फिल्मको सुटिङको क्रममा उनीहरू नजिकिएका थिए।

त्यसपछि उनीहरु विवाह बन्धनमा बाँधिएका थिए। ७७ वर्षमा हिडिरहेका अमिताभले फिल्म, टिभिमा कार्यक्रम प्रस्तोता, प्लेब्याक सिंगर तथा फिल्म निर्माण पनि गरेका छन्। बलिउड फिल्म उद्योगका बादशाह मानिने अभिताभ सामाजिक कार्यमा अग्रसर हुँदै आएका छन्।

त्यस्तै, जया पनि चर्चित अभिनेत्री हुन्। अहिले उनी समाजवादी पार्टीमा आवद्ध छिन्। उनी भारतको राज्यसभा सदस्य पनि हुन्।

उनीहरुका दुई सन्ता छन्, श्वेता नन्दा र अभिषेक। अभिनेत्री ऐश्वर्या रायलाई बुहारीको रुपमा भित्र्याएसँगै यो परिवार बलिउडको बलियो खम्बा बनेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु