दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुई दिन ढिलो गरी हिजो साँझ नेपालको पूर्वी भागमा मनसुन भित्रियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते, शनिबार ८:३०

काठमाडौं, ३१ जेठ । नेपालमा मनसुन भित्रिएको छ । दुई दिन ढिलो गरी हिजो साँझ नेपालको पूर्वी भागमा मनसुन भित्रिएको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १० जुनमा मनसुन प्रवेश गर्ने गरेकोमा यसपाली १२ जुनमा प्रवेश गरको छ । यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुँदा सतर्कता अपनाउन र पूर्व तयारीमा लाग्न आग्रह गरिएको छ ।नेपालमा बँगालको खाडी हुँदै मनसुन पूर्वी भागबाट प्रवेश गर्दछ ।यसैगरी, मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको जनाएको छ।आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु