दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लकडाउन अवधिको जरिवाना पनि उठाउँदैछन् यातायात कार्यालय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १ गते, सोमबार १६:३७

काठमाडौं – सुदन गहतराज सोमबार सवारी लाइसेन्स कार्यालय ठूलो भर्‍याङमा लाइसेन्स नवीकरणका लागि पुगे । लकडाउनको अवधिमै उनको विनाजरिवाना लाइसेन्स नवीकरण गर्न पाउने म्याद सकिएको थियो । गत तीन महिनादेखि कार्यालय बन्द भएकाले उनले नवीकारणको प्रक्रिया सुरु गर्न पाएका थिएनन् ।तर, सोमबार कार्यालयका कर्मचारीले ४ हजार जरिवाना तिरेर आउन लेखिदिए । त्यसपछि पदमराज मात्रै हैन, लाइनमा उभिएका अन्यले पनि जरिवाना लिने कार्यलयको कदमको विरोध गरे ।

तर, कर्मचारीले जवाफ दिए,’माथिबाट हामीलाई केही भनिएको छैन, नियमअनुसार जरिवाना तिर्नैपर्छ ।’त्यसअनुसार कतिपयले जरिवाना तिरे भने कित सेवाग्राहीले नतिरी फर्किए ।यस्तो समस्या आज देशकै यातायात कार्यालयमा देखियो । कतिपय कार्यालयले जरिवाना तिर्नुपर्ने अवस्थामा कागजी प्रक्रिया नै अघि बढाएनन् । नेता शेखर कोइरालाले पनि यसबारे सामाजिक सञ्जालमा आफूले भोगेको समस्या लेखेका छन् ।

‘एकातिर सरकार भन्छ ढुकुटी रित्तियो, अर्कोतिर कर तिर्न जाँदा कार्यालयका कर्मचारी लिन मान्दैनन् । सवारी कर तिर्न आज म आफै गएको थिएँ।कर्मचारीले भने केन्द्रबाट लकडाउनको अबधिको जरिवाना छुट लगायतबारे कुनै परिपत्र नआएकोले लिन मिल्दैन । मैले अग्रिम करको रुपमा लिन आग्रह गरें,त्यो पनि मिल्दैन भने,’ उनले टि्वटरमा लेखेका छन् ।कतिपय कार्यालयले माथिबाट निर्देशन नआएको भन्दै कुनै कामकारवाही अघि बढाउन नसकिने आशयका सूचना टाँसेका पनि छन् ।

सरकारले लकडाउन अवधिको सवारी नवीकरण, यातायात तथा सवारी चालक अनुमतिपत्र, सवारी चालकको नवीकरण, प्रदूषण नवीकरण, रुट नवीकरणजस्ता कामहरुको लागि कुनै किसिमको बिलम्ब शुल्क र जरिवाना नलाग्ने निणएय गरेपनि यातायात कार्यालयहरुमा त्यसको सर्कुलर नहुँदा अन्योल भएको छ ।गत चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सवारी साधन प्रयोगमा लाग्ने कर लगायतका सन्दर्भमा जरिवाना नलिने निर्णय गरेको हो ।

नियमअनुसार लाग्ने जरिवाना मिनाहा गर्ने अधिकार प्रदेश अन्तरगतका यातायात कार्यालयलाई छैन । संघ सरकारले मन्त्रिपरिषद्बाट बाट गरेको निणएय अझै परिपत्र नगरिँदा यातायात कार्यालयहरुमा अन्योल भएको हो । यसले गर्दा सेवाग्राही पनि पीडित बन्नुपरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु