दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एचडीको गुणस्तरसंँगै ‘सिम टीभी’ को फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २ गते, मंगलवार ९:५०

चितवन । एस्किना केवल नेटवर्क प्रा.लि क्षेत्रपुरले केही बर्षदेखि सिम टि.भीको डिलरसिप लिएर चितवन, मकवानपुर नवलपरासी जिल्लामा सेवा दिईरहेको छ । केवल नेटवर्कको विस्तार र इन्टरनेटको उच्च माग संँगै विगत केही समयदेखि इन्टरनेट सेवा समेत दिन थालेको छ । हाल केवल नेटवर्ककको प्रभावकारीता संँगै गुणस्तरमा बृद्धि गर्न एचडी र एसडी सेवा दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्धक निर्देशक दिपक अधिकारीका अनुसार देशका तीन जिल्लाका अधिकांश स्थानमा केवल टि.भी जडान कार्य विस्तार गरिएको छ भने इन्टरनेटको सेवालाई पनि तीब्र पारिएको छ । ‘सिम टि.भीको केवल सेवा देशभरका शहरहरुमा छ , इन्टरनेट सेवालाई पनि तीब्रता दिइएको छ ’ अधिकारीले भने ।

लकडाउन शुरु भए यता मात्र कम्पनीले चितवनमा मात्रै ४ हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । फाइवर प्रविधिबाट इन्टरनेटको सेवा दिईएकाले यसको गुणस्तरबाट ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । यस सेवाबाट इन्टरनेट सेवामा कुनै प्राविधिक समस्या नभएको र दु्रत गतिमा इन्टरनेट गति भएकोले ग्राहकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको उनको भनाई छ ।

चितवनका कालिका नगरपालिकामा बाहेक चितवनका सबै पालिकामा कम्पनीले इन्टरनेट सेवा दिईरहेको अधिकारीले बताए । ‘इन्टरनेटको माग दिनानुदिन बढिरहेको छ , उनले भने, हामीले चाडै नै अन्य स्थानहरुमा पनि इन्टरनेट सेवा दिन शुरु गर्दैछौ ।’ ग्राहकले एउटै केबलबाट २२० वटा भन्दा बढी च्यानल र इन्टरनेट सेवा दिईरहेको छ ।

अन्य इन्टरनेट सेवाप्रदायक कम्पनी भन्दा उच्च गुणस्तर र तुलनात्मक रुपमा शुल्क समेत सस्तो भएकोले ग्राहकको सिम टि.भी प्रति आकर्षण बढेको हो । सिम टि.भीले लकडाउन शुरु भए संँगै विद्यार्थीहरुलाई लक्षित गर्दै अनलाईन कक्षा समेतलाई निरन्तरता दिदै आएको छ । सिम टि.भी ग्राहकले हाल १०७,११५, ११७ नम्बरको च्यानलबाट कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुलाई केवलबाट पठनपाठन गर्दै आएको जानकारी दिएको छ । ग्राहकले सिम टि.भीको केवल र इन्टरनेट सेवा लिनको लागि रिचार्ज भौचरको साथै खल्ती अनलाईन पेमेण्टबाट समेत भुक्तानी गर्न सक्नेछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु