दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तर्राष्ट्रिय अध्यक्षमा तिमल्सिना “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ५ गते, शुक्रबार ११:२४

काभ्रे जिल्ला, खानीकोला गाउँ पालिका वडा न ५ तालढुङगामा वि.स २०३४ असोज १० गते जन्मनु भएका, लामो समयसम्म आफैं कुष्ठ प्रभावित भैइ अनेकौं दु:ख भोग्दै, आफैं दु:ख गरेर पढि विगत २० वर्षदेखि अमरदिप नामक निजि विद्यालय संचालन गरि हाल निजि विद्यालयको छाता संगठन नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा रहि लामो समयदेखि कुष्ठ प्रभावित ब्यक्तिहरुको हक, हित, अधिकार र सह अस्तित्वको लागि आवाज बुलन गर्न आडिया नेपालको केन्द्रिय समितिका विभिन्न पदमा रहि हाल केन्द्रिय अध्यक्ष रहनुभएका राष्ट्रिय अन्तर्राष्ट्रिय छवि भएका अमर तिमल्सिना जुन १७ तारिका दिन आडिया ईन्टरनेशनलको बैठकले वहाँलाई अन्तर्राष्ट्रिय अध्यक्ष पदमा मनोनीत गरेको छ । यसले आम नेपालको शिर उच्च पार्नुको साथै विश्वसामु नेपालको नाम फैलिएको छ । वहाँले यो क्षेत्रमा धेरै काम गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय स्थरमा कुष्ठ प्रभावित ब्यक्तिहरुको हितमा काम गरे बपत धेरै कालमा सम्मान सगै पुरस्कार प्राप्त गर्नुभएको छ । वहाँले नेपालको प्रतिनिधित्व गर्दै विश्वका दर्जनौं देशको भ्रमणका साथै अन्तर्राष्ट्रिय जगतमा आफुलाई स्थापित गर्दै कुष्ठ रोग सम्बन्धि जनचेतना जगाउने खालको “सन लिट माउन्टेन” पुस्तक प्रकाशित गर्नुभएको छ भने अर्को पुस्तक “रिट्रनिङ द लस्ट स्माइल्स” नामक पुस्तक लण्डनबाट प्रकाशित हुँदैछ । यि दुबै पुस्तकहरु अङ्ग्रेजीमा लेखिएका छन् भने छिट्टै नेपाली भाषामा पनि अनुबाद गरिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु