दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ९ गते, मंगलवार १९:००

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ५३८ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितकाे संख्या १० हजार ९९ पुगेको छ ।

हालसम्म देशभरका विभिन्न अस्पतालकाे आइसोलेसनमा उपचाररत कोरोना संक्रमित संक्रमणमुक्त भएर २ हजार २२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेका छन् ।

काेराेना देशकाे ७६ जिल्लाहरूमा फैलिइसकेकाे छ । रसुवामा भने संक्रमण फैलिएको छैन । आज मात्रै ४ हजार ९ सय ९५ जनाकाे पिसिआर परीक्षण गरिएकाे पनि प्रवक्ता डा. गाैतमले जानकारी दिए । नेपालमा हालसम्म २४ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु