दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोभिड-१९ को महामारीका कारण विश्वभर मृत्यु हुनेमा ५ लाख माथी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १५ गते, सोमबार १०:०४

काठमाडौँ– कोभिड-१९ को महामारीका कारण विश्वभर मृत्यु हुनेको संक्रमित व्यक्तिहरुको संख्या ५ लाख माथी नाघेको छ भने विश्वभर ५५ लाख बढी मानिसले संक्रमणलाई जितिसकेका छन् । । नेपालमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन् भने ३,०१३ जना कोरोना संक्रमितहरु स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

विश्वकै जटिल स्वास्थ्य चुनौति बनेको कोरोनाभाइरस (कोभिड-१९)को असर दिनानुदिन बढ्दै गएको छ । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यसको संक्रमणको घटना देखिसकिएको छ । नेपालमा हालसम्म परिक्षण भएका २१५,८३९ मध्ये १२,७७२ मा संक्रमण भेटिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसका कारण १ करोड १० लाख बढी व्यक्ति सङ्क्रमणको चपेटामा परेका छन् । संयुक्त अधिराज्य अमेरीकामा २६ लाख ३७ हजार ७७ जना अमेरिकीहरुमा कोरोनाका संक्रमण भेटिएको छ ।

विश्वमैं सबैभन्दा बढी ज्यान गुमाउने संक्रमितको देशमा अमेरीका माथी छ । अहिलेसम्म संयुक्त अधिराज्य अमेरिकामा १ लाख २८ हजार ४३७ संक्रमितले ज्यान गुमाउनुपरेको छ । त्यस्तै संक्रमणलाई जितेर १० लाख ९३ हजार ४५६ जना अमेरिकी स्वस्थ्य भएका छन् । तर अमेरिकी स्वास्थ्य अधिकारीहरुको अनुसार अमेरिकामा संक्रमितहरु अझै ब्यापक थपिन सक्छन् । (तथ्यांकहरु नेपाल समय बिहान ८ः५५ सम्म –असार १५,२०७७)

कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी देशहरुलाई पनि ब्यापक संक्रमणको चपेटामा बाँधिरहेको छ र विश्व स्वास्थ्य संगठन अनुसार जुलाई महिनाभरमा यो उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु