दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुनिलको नयाँ गीत ‘तिमीनै त हौ’ (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १८ गते, बिहीबार ३:४३

काठमाडौ । डान्सिङ् बिटको यस गीतमा स्वर र संगीत गायक वेदु सारु मगरको रहेको छ। गीतमा ब्याक भोकल बिक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ। यस गीतलाई दिनेश सुवेदीले लेखेका हुन्।

गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। म्युजिक भिडियोमा नेपाली ठिटोज टिमको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

पहिलोपटक नेपाली ठिटोज टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो। स्मिता स्नेहा इन्टरटेनमेन्टको अफ़िसिएल च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो।

२०६७ सालको भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन। यसअघि गायक मगरले डोली पियारीु लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्।

तिमीनै त हौ लाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु