
काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले यसपटक अर्को तिज गीत सार्वजनिक गरेका छन्। बीच्च बीचमा कै सिक्वेलका रुपमा उनले ‘बीच्च बीचमा –२ (एउटा फोटो खिच)गीत सार्वजनिक गरेका हुन्।
गीतलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरेका हुन् । गीतमा दुर्गेश थापाकै स्वर र संगीत रहेको छ। त्यस्तै शब्दमा दुर्गेशलाई राम खत्री र राजन कार्कीले साथ दिएका छन्।
त्यस्तै शिव विकले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा दुर्गेशसहित जिबी चिरन (चिरन्जीबी सापकोटा)जीवन सहानी क्षेत्री, सारिका केसी, विपासा बिसी, अस्मिता जुरेली, टिका जैसी, सविता राई, एनी विस्ट र शिल्पा खड्काको अभिनय रहेको छ।
गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।


