दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गन्तव्य नेपालको संयोजनमा रिपोर्टर्स क्लव मार्फत बोधिसत्व विहारद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २५ गते, बिहीबार १५:३१

काठमाडौं ।गन्तव्य नेपालको संयोजनमा रिपोर्टर्स क्लव मार्फत बोधिसत्व विहारले १५० भन्दा बढी पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । आज रिपोर्टर्स क्लबमा आमन्त्रित पत्रकारहरुलाई क्लबका अध्यक्ष ऋषि धमला र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलसँगै बोधिसत्व विहारका मास्टर हेगुवाङ शीका तर्फबाट ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक शान्त शर्माले प्रेस ज्याकेट, एन९५ मास्क, मेडिकल मास्क, मास्क सिल्ड, ग्लब्स र स्यानिटाइजर वितरण गरे ।
वितरण कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले महामारीका बेला बोधिसत्व विहारले देशैभर गरेको मानवसेवाका कार्यको प्रशंसा गर्दै बोधिसत्वको परोपकारी अभियानमा आफू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरे । बोधिसत्वका जुनसुकै अभियानमा हातेमालो गर्न र जस्तोसुकै साथ सहयोग पुर्याउन रिपोर्टर्स क्लब तयार रहेको उनले बताए ।

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले विश्वव्यापी संकटको यो अवस्थामा सरकारले गर्न नसकेको काम बोधिसत्व विहारले गरिरहेको भन्दै मास्टर शी र संयोजक शर्माप्रति आभार प्रकट गरे । ताइवानी नागरिक शीको नेतृत्वमा विहारले नेपालसँगै विश्वका विभिन्न देशमा चलाइरहेको मानवसेवी अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै अधिकारीले यस्तो अभियानमा जोडिनु आफ्ना लागि गर्वको विषय भएको बताए । पहिलेदेखि नै विहारसँगको सहकार्यमा काम गर्दै आएको स्मरण गर्दै उनले सहकार्य निरन्तर चल्ने विश्वास व्यक्त गरे ।
तीन महिनामा ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको विहारको लकडाउन विशेष अभियान ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक शान्त शर्माले महामारीका बीच जोखिम मोलेर सूचना संकलनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षामा थोरै भए पनि सघाउन पाएकोमा खुसी व्यक्त गरे । यसअघि दुई चरणमा ३०० भन्दा बढी पत्रकारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको स्मरण गर्दै उनले अझै अन्य चरणहरु जारी रहने बताए ।
बोधिसत्व विहार प्राणीसेवामा समर्पित बौद्धमार्गीहरुको अन्तर्राष्ट्रिय संस्था हो । कोरोना महामारीबीच विहारले नेपालमा फुड च्यारिटीसँगै भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरिरहेको छ । विभिन्न जिल्लाका अस्पताल, कारागार, सुरक्षा चौकी र क्वारेन्टिनमा विहारले पिपिई, थर्मल गन, स्प्रे मेसिन, मास्क, ग्लब्स, साबुन, स्यानिटाइजर र फिनाइल पुर्याइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु