तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रख्यात बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार २८ गते, आईतवार ९:१८

काठमाडौं । प्रख्यात बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ।

शनिबार अबेर राति रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अमिताभ पत्नी जया बच्चन र अभिषेक पत्नी ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट आज आउनेछ।

शनिबार राति ट्विट गर्दै अमिताभले आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन उनले आग्रह गरेका छन्।

अभिषेकले पनि आफू कोरोना पोजेटिभ भएको ट्विटरबाटै जानकारी दिएका छन्। आफू र पिता अमिताभलाई कोरोनाको सामान्य लक्षण देखिएको उनले जानकारी दिएका छन्।

७७ वर्षिय अमिताभ विगत ५ दशकदेखि बलिउडमा सक्रिय छन्। उनले दुई सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। अभिषेकले पनि ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु