दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बरिष्ट गीतकार अम्बिका गुरुङको “कति माया” बोलको म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १ गते, बिहीबार १०:४२

काठमाडौँ – बरिष्ट गीतकार अम्बिका गुरुङको “कति माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन के।सी। र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकि चल्तीका गीतकार पनि हुन् । उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउदै आएकी छिन । दर्जनौ हिट गीतहरुमा आफ्नो जादुमयी शब्द भरेर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गीतकार गुरुङ आफैमा एक समाजसेवी समेत हुन्।
सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारिको स्वरमा सजिएको गित ूकति मायाू ले दर्शक श्रोताहरुको मन जित्नेमा दुइमत छैन। सार्वजनिक म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापालाइ फिचर्ड गरिएको छ । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाँकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु