दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माधोपुर बजारलाई स्मार्ट सिटी बनाएरै छाडने राज्य मन्त्री यादवको दावी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १ गते, बिहीबार १७:२९

ललन कुमार चौरसिया
साउन १ रौतहट।

प्रदेश सांसद एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफना निर्वाचन क्षेत्र भित्रका माधोपुर बजारलाई स्मार्ट सिटी बनाउने दावी गरेका छन । आफना कार्यकाल भित्रमै माधोपुर बजारलाई एउटा नमुना शहरको रुपमा बनाएरै छाडने राज्य मन्त्री यादवले ठोकुवा गरेका हुन । गृह जिल्ला रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर प्रहरी चौकीमा आज विहान प्रहरी, जनप्रतिनिधि र आम नागरिकवीच भएको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले माधोपुर बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्न आफु जोरसोरले लागेको बताएका हुन । विकास प्रेमी नेताको रुपमा आफना पहिचान बनाउन सफल राज्य मन्त्री यादवले माधोपुर बजार किसान आन्दोलनको केन्द्रविन्दु समेत भएकाले यसलाई तिव्र विकास गर्न आफु र प्रदेश सरकार समेत लागेको बताएकबा हुन ।

राज्य मन्त्री यादवले उक्त बजारलाई स्मार्ट सिटी बनाउने योजनाका साथ अगाडि बढदै भर्खर मात्रै पुरै बजारमा ढलान गर्ने कार्य सम्पन्न गरेका हुन ।मन्त्री यादवको पहलमा माधोपुर बजार ढलान भएपछि अब तरकारी किनमेल गर्न आउनेहरुलाई सजिलो भएको छ । त्यस्तै माधोपुर बजार र वरपरको विकासका लागि मात्रै प्रदेश सरकारले यस चालु आर्थिक वर्ष २०७७, ७८ मा ३ करोड बजेट विनियोजन गरेको राज्य मन्त्री यादवले जानकारी दिएका हुन । प्रदेश सरकारको तिन करोड र आफना संसदीय कोषको रकम फेरी यस वर्ष माधोपुर बजारको विकासमा नै खर्च गरिने समेत मन्त्री यादवले बताए । राज्य मन्त्री यादवले यसरी एकपछि अर्को उदाहरणीय काम गर्दै गइरहेको भन्दै उहाँको काम र चालेको कदमलाई सम्पुर्ण क्षेत्रवासीले प्रसंशा गरिरहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु