तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जनसवाल प्रकाशन प्रा.लि.का अध्यक्ष बगाले सहित १७ जनालाई कोरोना डिफेन्स अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ३ गते, शनिबार ८:५९

काठमाडौं, कोरोना महामारीसँग जुध्न समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर बिभिन्न क्षेत्रबाट योगदान पुर्याएका १७ जनालाई कोरोना डिफेन्स अवार्ड २०२० ले सम्मानित गरिएको छ । शुक्रवार नक्साल हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजित अवार्ड वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संघीय सांसद बहादुरसिंह लामा, बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, अवार्ड छनोट समितिका संयोजक रामशरण थपलियासँगै गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले देशभरबाट छनोटमा परेका १७ सामाजिक अभियन्तालाई अवार्ड प्रदान गरे । अवार्ड गन्तव्य नेपालले वितरण गरेको हो ।

अवार्ड ग्राहय छनोटका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा नेपाल एयरलाइन्सका सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी गोपाल बाबु श्रेष्ठ, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मिलित पाँच सदस्यीय अवार्ड छनोट समिति गठन गरिएको थियो ।

कोरोनाको महामारीमा पनि सन्चार माध्यम मार्फत र विभिन्न देशमा बैदेशिक रोजगारीमा रहेका र कोरोनाको समस्याबाट पिडित बनेका नेपालीहरुलाई गैरआवाशिय नेपाली संघलगाएत विभिन्न संघ सँस्था सँगको सहकार्यमा उद्दारमा उल्लेखनिय योगदान गरे बापत जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगालेलाई कोरोना डिफेन्स अवार्ड–२०२०’बाट सम्मानित गरिएको छ।

बिगत लामो समयदेखि जनसवाल प्रकाशन प्रा.लि.का अध्यक्ष तथा सम्पादक रामजी बगाले पत्रकारिता मार्फत दुःख कष्ट,अपाङ्गता,शिक्षा,स्वास्थ्य,जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने,नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि आदि थुप्रै कार्यहरुमा जनसवाल दैनिक माध्यम बाट उनको ठुलो योगदान
रहदैं आएको छ ।

कार्यक्रममा ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरी जारी महामारीबीच ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको र देशभरका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, कारागार, सुरक्षाकर्मी, पत्रकार लगायतलाई स्वास्थ्य सामग्री वितरण गरेको बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ले सम्मानित गरियो ।

यस्तै, महामारीबीच गाउँगाउँमा स्वास्थ्य सामग्री वितरण लगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरियो । अन्य सामाजिक व्यक्तित्व ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मानित भए ।

अवार्ड वितरणपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा भट्टराईले महामारीका बीच सरकारले निभाउन नसकेको भूमिका निजी वा संस्थागत तहबाटै निर्वाह गरेकोमा अवार्ड पाउने अभियन्ताहरुलाई धन्यवादसहित बधाई दिए । सम्मान गरेर अभियन्ताहरुको हौसला बढाउने गन्तव्य नेपाल ग्रुपप्रति उनले विशेष आभार प्रकट गरे । यतिखेर सिंगो देशले रोग र भोक दुवैसँग उत्तिकै लड्नुपर्ने अवस्था आइपरेको भन्दै डा भट्टराईले रोगसँग डराएर घर बस्दा भोकले मरिने र भोकलाई जित्न बाहिर निस्किँदा रोगले मरिने खतरा रहेको यो संवेदनशील घडीमा निकै संयमित र होसियार भएर सावधानीका उपाय अपनाउँदै पेसा–व्यवसायमा फर्किन व्यवसायीहरुलाई सुझाव दिए ।

यस्तो संवेदनशील अवस्थामा पनि कुर्सीको चक्करमा रुमल्लिएर समय बर्बाद गरेको भन्दै भट्टराईले सरकारको आलोचना गरे । कार्यक्रमका विशेष अतिथि सांसद बहादुरसिंह लामाले महामारीसँग जुध्ने अभियानमा उल्लेख्य योगदान गरी अवार्ड प्राप्त गरेका अभियन्ताहरुलाई बधाईसँगै धन्यवाद दिए भने अवार्ड आयोजना गरेर सामाजिक क्षेत्रमा केही गर्छु भन्नेहरुको हौसला बुलन्द गर्ने गन्तव्य नेपालप्रति विशेष आभार प्रकट गरे ।

हिरो अफ दी कोरोना डिफेन्स अवार्डबाट सम्मानित बोधिसत्वका मास्टर हेगुवाङ शीले संयोगवश आफू नेपाल आएका बेला लकडाउन भएकाले यतै अड्किएको भए पनि लकडाउनभरि बुद्धको जन्मभूमिमा रहेर मानवीय सेवामा सक्रिय रहन पाउँदा ज्यादै खुसी लागेको भन्दै यो संयोगलाई आफूले बुद्धकै आशीर्वादका रुपमा लिएको बताए ।
आयोजक गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गन्तव्य नेपालले यसअघि पनि समय–स न्दर्भ अनुकूल व्यवसायी प्रोत्साहन, पत्रकार सम्मान लगायतका कार्यक्रम गर्दै आएको स्मरण गर्दै जारी महामारीबीच कोरोना प्रतिरोधी अभियान नै चलाएर स्वास्थ्य सामग्री वितरण लगायतका कार्य गर्दै आएको र कोरोना डिफेन्स अवार्ड यसैको निरन्तरता रहेको बताए । अझै पनि थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले आफ्नो कोरोना प्रतिरोधी अभियान निरन्तर जारी रहने र यस्ता अवार्डका कार्यक्रमहरु प्नि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेर अवार्ड प्राप्त गर्न सफल अभियन्ताहरुलाई उनले बधाईसँगै धन्यवाद दिँदै उनले जिम्मेवारीपूर्वक आफ्नो कार्य सम्पन्न गरेकोमा अवार्ड छनोट समितिका संयोजकसहित सदस्यहरुलाई विशेष धन्यवाद ज्ञापन गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु