दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राहत वितरणमा निरन्तरता दिँदै कुँवर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ३ गते, शनिबार २०:५५

काठमाडौं । बाफल काठमाडौंका ताराबहादुर कुँवरले आज १४ औ चरणको राहत वितरण गरेका छन् । कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले मानिसको दैनिक जीवन संकटमा परेकोले केही सहयोग गरेको उनी बताउँछन् । प्रत्येक शनिबार आफ्नै घरमा उनले समस्यामा परेकालाई चामल, दाल, तेल, चिनी, आलुलगायतका सामग्री उपलब्ध गराउने गर्छन् । उनले दुख पाएको र अभावले छटपटिएको मानिसलाई थोरै भए पनि हसाउनु र जीविकोपार्जनमा सहयोग गर्नु कर्तव्य भएको बताएका छन् । सुरुका दिनमा अत्यावश्यकीय धेरैजसो सामग्री वितरण गरेका उनले बीचमा केही समय भने चामलमात्र बाँडे । चामल मात्र दिएर अरु सामग्री कसरी जुटाउने भनेर पीडितहरुले प्रश्न गर्न थालेपछि उनको मन फेरि पग्लियो र पुरानै अवस्थामा फर्किएर राहत वितरण गर्न थाले ।उनी एउटा मानिसलाई समस्या पर्दा अर्को हाँसेर बसिरहने प्रवृत्तिको विरोध गर्छन् । आफ्नो मिहिनेत र व्यापार व्यावसायबाट आएको पैसा समाजसेवामा खर्चेको उनी स्पष्ट पार्छन् । आफूसँग आएपछि कोही पनि भोकै पर्नु पर्दैन भनेर सार्वजनिक रूपमा नै भन्दै आएका उनले त्यसलाई व्यवहारमा पनि परिणत गरेर देखाइदिएका छन् । उनले लकडाउन रहेसम्म नै राहत वितरण गर्ने जनाएका छन् । राहत वितरणमा खिचिएका तस्विर फेसबुकमा हालेको विषयलाई लिएर बेलामौका आलोचना खेपेका उनले अरुलाई पनि प्रेरणा जागोस् भनेर बुझेर नै फोटो पोस्ट गरेको प्रतिक्रिया दिएका छन् ।

नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, हजुरलाई नमस्ते ट्रेड लिन्कका सन्चालक उनी जीवनमा केही गरेर देखाएमात्र वास्तविक रुपमा जीवन सार्थक हुने धारणा राख्छन् । उनले चलाएको राहत वितरण अभियानमा पछिल्लो समयमा विभिन्न व्यक्ति र संस्थाले पनि सहयोग गर्दै आएका छन् ।
आजको कार्यक्रममा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी प्रमुख अतिथि थिए । कुँवरले समाजका सबैजसो व्यक्तिलाई बोलाएर उनीहरुको समेत उपस्थितिमा राहत दिदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु