तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कागतीका फाइदा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ४ गते, आईतवार २३:०५

काठमाडौं । पेट दुखेको,अपच,एसिडिटी,पेट फुल्ने समस्या,मोटोपना कम गर्न लगायतका कैयौं समस्यामा कागती एक रामवाण उपचार हो ।
कागतीको रसमा पाइने तत्वले कैयौं प्रकारको रोग निको पार्दछ । अझ गर्मी मौसममा त कागतीको सेवन निकै फाइदाजनक मानिन्छ । कागतीको सेवनले ब्लडप्रेसर सन्तुलित गर्नुका साथै पेटका समस्या समाधान गर्न पनि उत्तिकै उपयोगी हुन्छ ।

कागतीका फाइदा

१.नियमित कागती पानी पिउँदा शरीरमा इम्यूनिटी पावर बढेर जान्छ ।

२.कागतीमा हुने आइरन, म्याग्नेसियम, फस्फोरस, क्यालसियम, पोटासियम र जिंक जस्ता मिनरलले शरीरको बिभिन्न आवश्यकता पुरा गर्दछ ।

३. कागती हाम्रो शरीरको पिएच स्तर सन्तुलित बनाएर राख्न मद्दत गर्दछ ।

४.कागतीको सेवनले पाचन प्रणाली स्वस्थ्यहुनुका साथै रोगप्रतिरोध क्षमता बढेर जान्छ ।

५. कागतीमा थियामिन, नयासिन, रिबोफ्लोविन, भिटामिन बी ६, भिटामिन ई र फोलेट जस्ता कैयौ लाभदायक भिटामिन पाइन्छ । यसले कब्जीयत, मृगौला, घाँटी दुखेको र गिजाको समस्यामा राहत पुर्याउँछ ।

६. कागती ब्लडप्रेसर,डिप्रेशन र लिभर सन्तुलित राख्न उपयोगी हुन्छ ।
७. कागतीको सेवनले सुगरमा सन्तुलन पार्न सकिन्छ ।

कागती सेवनगर्दा अपाउनुु पर्ने सावधानीहरु

कागती पानी पिए लगत्तै दाँत माझ्नु हुदैन ।कागती सबै मानिसका लागी उपयोगी नहुन सक्छ । कतिपयलाई यसको एलर्जी हुनसक्छ ।
अल्सरको समस्या भएकाहरुले कागतीको सेवन गर्नुहुदैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु