दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दोहोरो अङ्कले घट्यो नेप्से

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण ५ गते, सोमबार १९:२२

काठमाडौँ, साउन ५ । धितोपत्र बजारमा आइतबार उच्च अङ्कको वृद्धि देखिएको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । कारोबार शुरु भएको एक मिनेट पनि नबित्दै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेको थियो । शुरुआती समयमा उच्च वृद्धि देखिए पनि अन्त्यसम्म नेप्सेको वृद्धि टिक्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.०९ अङ्कले घटेर एक हजार ४६४.९४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८४ अङ्कले घटेर ३०९.६० मा झरेको छ । आज कूल १८१ कम्पनीका ७० लाख एक हजार २५८ कित्ता शेयर रु दुई अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ मा खरिदविक्री भए । कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । बैंकिङ ३.१४, विकास बैंक १६.९३, वित्त १.१५ र सामूहिक लगानी कोष ०.०१ ले बढ्दा व्यापार ३७.८५, होटल ६६.११, जलविद्युत् १२.४५, निर्जीवन बीमा ४१.५५, उत्पादन १२७.४३, अन्य २२.०९, लघुवित्त ८७.३९, र जीवन बीमा १८८.६५ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु २० करोड १४ लाख ९९ हजार ५१६ मा खरिदविक्री भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १७ करोड ६३ लाख ८२ हजार ७९९, एनआईसी एशिया बैंक रु १७ करोड ४८ लाख ७३ हजार ३०५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५५ लाख ८१ हजार १९५ र नबिल बैंक शेयर रु १० करोड ४३ लाख ३३ हजार ८३५ मा खरिदविक्री भयो । आज सबैभन्दा बढी युनाइटेड फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था ९.९०, स्पर्श लघुवित्त वित्तीय संस्था ९.८०, हिमालयन ऊर्जा विकास कम्पनी ८.८९, राष्ट्रिय बीमा कम्पनी (संस्थापक) ८.७१, आईसीएफसी फाइनान्स ६.१८, गुर्खाज फाइनान्स र कालिका पावर कम्पनीका शेयरधनीले समान ५.८३÷५.८३ प्रतिशतले कमाए । यस्तै सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले गुमाए । यस्तै मञ्जुश्री फाइनान्स ९.७६, शिवम् सिमेन्ट लिमिटेड ८.८९, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ८.६७, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७.५५ र नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१७ प्रतिशतले गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु