
काठमाडौ ।पछिल्लो २४ घन्टामा थप १०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर संक्रमण मुक्त भई निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङमार्फत यसबारे जानकारी दिएको हो ।
संक्रमितमध्ये ४५ जनाको मृत्यु भएको छ ।
यसैगरी, शनिबार १०९ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा डोटीका १३, सुर्खेत र सप्तरीका ११/११ जना, पर्साका ८, कपिलवस्तु र जाजरकोटका ६/६ जना र दाङका ५ जना छन् ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुराका ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडीका ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुका २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।


