दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘बारपाकी माया २’ निर्माण हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १२ गते, सोमबार १९:२६

गोरखाको बारपाक गाउँमा छायांकन गरिएको फिल्म बारपाकी मायाले गुरुङ संस्कृतिको विषयलाई उठान गरेको थियो ।

अब सोही फिल्मको सिक्वेल निर्माण हुने भएको छ । फिल्ममा अनुता गुरुङ र खिलबहादुर गुरुङको मूख्य अभिनय रहने बताइएको छ ।
सिक्वेलमा भने बारपाकको जनजीवन र त्यहाँको रहनसहनलाई प्रस्तुत गरिने निर्देशक प्रितम गुरुङले जानकारी दिए । लकडाउनमा फिल्मको स्क्रिप्ट तयार पारिएको हो ।

फिल्म ‘बारपाकी माया २’ करिब ८० लाखको बजेटमा निर्माण हुने बताइएको छ ।

फिल्मको उत्तरी गोर्खाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छेजस्ता रमणीय स्थानमा छायांकन गरिने निर्देशक गुरुङले बताए । सरकारले फिल्म छायांकनका लागि अनुमति दिएसँगै फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा केही कलाकार पुराना र केही नयाँ हुने जनाइएको छ ।

‘बारपाकी माया’ मा २०७२ सालको महाभूकम्पअघिको बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरिएको थियो ।

सिक्वेलमा भूकम्पपछि तहसनहस भएको गाउँको पुनर्निर्माणपछिको दृश्यहरुलाई कैद गरिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु