दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण १८ गते, आईतवार १८:५३

काठमाडौं, १८ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५७ पुगेको हो ।

कोरोना भाइरस संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४६ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकामा ३१ जना थपिएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोनाबाट निको भएर घर फर्केका छन् ।

अहिलेसम्म निको भएर घर फर्किनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । यो संख्या ७१ दशमलव ८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । ५ हजार ३ सय ६२ जना आइसोलेसनमा रहेका छन् ।

१० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले गत साउन १४ गतेको निर्णय अनुसार नेपालमा कहीं पनि आरडीटी परीक्षणलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु