
काठमाडौं । बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ कारोबार भएकाे छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ रहेकाे छ ।
रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।


