दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवााकोटमा कोरोना संक्रमितको संख्या ६७ पुग्याे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ श्रावण २९ गते, बिहीबार २०:४३

नुवाकोट । नुवााकोटमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ३ जना कारोना भाइरसका संक्रमित भेटिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६७ पुगेको हो ।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार आज नुवाकोटको विदुर नगरपालिकाका २१ वर्षिय पुरुष,तादी गाउँपालिकाका २४ वर्षिय पुरुष र दुप्चेश्वर गाउँपालिकाका ३५ वर्षिय महिलामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितमध्ये एक पुरुषलाई त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ भने एक जनालाई खरानीटार अस्पतालमा उपचार गरिरहेका स्वास्थ्य कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

त्यस्तै संक्रमित महिलाको भने काठमाण्डौमा उपचार भइरहेको बताइएको छ ।कार्यालयका अनुसार हालसम्म नुवाकोटका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु