
काठमाडौ ।नेपालमा थप ६४१ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २१८ महिला र ४२३ पुरुषमा संक्रमण देखिएको हो ।
आइतबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । आज १२ हजार २४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६४१ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी, कोरोना संक्रमण मुक्त भई निको हुनेको संख्या १७ हजार ३३५पुगेको छ । यस्तै, देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।


