दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रत्येक घरधुरीमा पीसीआर् परीक्षण गर्न नेता शाहीको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ५ गते, शुक्रबार १७:४७

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका भातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिकाका प्रत्येक घरमा कोरोनाको पीसीआर् परीक्षण गर्न माग गरेका छन् । नेता शाहीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी सरकारको वेवास्ताका कारण कर्णाली प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको दावी गरेका छन् । उनले कोरोनाको महामारी बढ्दै जाँदा पनि रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य चौकीमा चिकित्सक नपुगेकोमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले क्वारेन्टाइनमा रहेका र उपचार गराइरहेका संक्रमित सबैलाई उच्च मनोबलका साथ कोरोनाविरूद्ध लाग्न र धैर्य गर्न पनि आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सोही गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका उनले लकडाउनको समयमा गाउँमा स्वास्थ्य सामग्रीका साथै आवश्यक खाद्यान्न राहत स्वरुप वितरण गरेका थिए । उनले संक्रमितको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले महामारी नियन्त्रणको लागि सबैलाई आ आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्न समेत प्रेस विज्ञप्तीमार्फत अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु