दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिज परी’ कन्टेस्ट घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ५ गते, शुक्रबार २०:५१

काठमाडौ ।तिजको अवसर पारी गन्तव्य नेपालले ‘तिज परी’ कन्टेस्ट घोषणा गरेको छ । आज गन्तव्य नेपाल ग्रुपका अध्यक्षा शिव अधिकारी अविरलले एक वक्तव्य जारी गर्दै आगामी वर्षदेखि बर्सेनि तिजको पूर्वसन्ध्यामा कार्यक्रम गरी प्रतियोगिता मार्फत’तिज परी’ छनोट गर्ने घोषणा गरेका हुन् ।
अधिकारीका अनुसार यस वर्ष यस वर्ष कोरोना महामारीका कारण प्रतियोगिता सञ्चालन गर्न असहज भएकाले आगामी वर्षदेखि गर्न लागिएको हो ।

‘हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा तथा दिदिबहिनीको सम्मान स्वरूप र अझै यो माहान् पर्वलाई थप ऊर्जाशील बनाउनका लागि आज तिजकै दिन पारेर तिज परी कार्यक्रम घोषणा गरेको छु,’ अधिकारीको वक्तव्यमा भनिएको छ।’यो ऐतिहासिक प्रतियोगिता कार्यक्रम आगामी वर्षको तिजको पूर्वसन्ध्यामा एक विशाल समारोहका बीच गरिने सम्पूर्ण महिला दिदिबहिनी तथा सबैसबैमा जानकारी गराउँछु ।’

प्रतियोगितामा प्रथम हुने’तिज परी’ले पुरस्कारमा स्कुटर प्राप्त गर्नेछिन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ल्यापटप र आइफोन पुरस्कार पाउनेछन् । प्रतियोगीतामा अविवाहित र विवाहित दुवैखाले महिला सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताको विस्तृत जानकारी केहिदिनमा सार्वजनिक गरिने अधिकारीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु