दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रौतहटको बागमती नदीमा डुबेर ३ तीन जना बालिका लापात्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र ७ गते, आईतवार १४:४७

ललन कुमार चौरसिया

रौतहट ७,भदौ।

रौतहट जिल्ला अन्तर्गत गढ़ीमाई नगरपालिका धर्मपुर स्थित रहेको बागमती नदीमा तीन जना बालिका लापात्ता भएकी छिन । आज बिहान १० बजे नुहाउने क्रममा तिनै जना बालिका लापात्ता भएकी छिन्बे।

लापात्ता हुनेमा गढ़ीमाई नगरपालिक वडा नं.७ धर्मपुर टोल बस्ने भदई मुखियाको छोरी अन्दाजी बर्ष १० की पिंकु कुमारी मुखिया र सोही ठाउँका बस्ने लक्ष्मण दासको छोरी अन्दाजी बर्ष १२ की सुश्मिता कुमारी दास तथा छठु मुखियाको छोरी अन्दाजी १० वर्ष की चंचल कुमारी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहट जनाकारी दिएको हो । तिनै जना नदिमा नुहाउने क्रममा लापात्ता भएकी भनी खबर साढ़े ११ बजे हुनसाथ प्रहरीको टोली घटनास्थलमा पुगेका छन।

प्रहरी चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक को कमाण्डमा गएका टोलीले खोजतलासको कार्य गरिरहेको प्रहरीले जनाकारी दिएका छन् । बालिकाहरुको खोजतलासमा नेपाल प्रहरी,सस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी गराउनु भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु