दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डब्लुएचओ को अनुसार यस्तो छ, विश्वभर कोरोना पछिल्लो अपडेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १० गते, बुधबार १२:३०

काठमाडौं, भदौ ९ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४९ हजार सात सय सात पुगेको छ।

त्यस्तै,आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख २३ हजार दुई सय ६६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६५ लाख ९९ हजार एक सय ४३ नाघेको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। अमेरिकामा मात्र एक लाख ८२ हजार चार सय चार जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख १६ हजार ६ सय ६६ जनाको ज्यान गएको छ ।

भारतमा ५९ हजार ६ सय १२ जनाले कोरोनाका कारण गुमाईसकेका छन् । त्यस्तै बुधबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १९ हजार एक सय १९ जनाले कोरोना जितेका छन भने एक सय ६४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।मंगलबार मात्रै नेपालमा सात जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु