
काठमाडौ । पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट ४ महिला र ८ पुरुषको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एक र मकवानपुरकी ७१ वर्षीया एक जना गरी चारजना महिला छ्न् ।
त्यसै, उदयपुका ५२ वर्षीय,पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीको ६० वर्षिय पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ ।


