दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मलेसियाले विदेशी पर्यटकका लागि लगायाे थप प्रतिवन्ध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १५ गते, सोमबार ८:३३

काठमाडौं। मलेसियाले विदेशी पर्यटकका लागि लगाएको प्रतिवन्ध थप लम्ब्याएको छ । कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको द एशोसियटेड प्रेसले खबर लेखेको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको हो ।

मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक विश्वभरी नै कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेकाले अन्तरदेशीय आवतजावतमा निषेध गरिएको बताउनुभएको छ । मलेसियामा पनि विस्तारै सङ्क्रमण बढिरहेकाले थप सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।

तर सावधानीका साथ मलेसियामा आर्थिक गतिविधि भने सञ्चालन भइरहेको छ । व्यापार र स्कुलहरु खुलेका छन् । दैनिक क्रियाकलापमा प्रतिबन्धभन्दा पनि नाइटक्लब र मनोरञ्जन केन्द्रहरु र अन्तर्राष्ट्रिय खेलहरुमा भने मलेसियाले प्रतिबन्ध लगाएको छ ।

मलेसियाले कोरोनाबाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने, दूरी कायम गर्नुपर्ने, सेनिटाइजर लगाउनु पर्ने लगायतका नियमहरु कडाईका साथ कार्यान्वयन गरेको छ । मलेसियाले सीमाहरु पनि बन्द गरेको छ भने प्रवेश गर्नेहरुलाई क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।

मलेसियामा अहिलेसम्म ९ हजार ३३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ९ हजार ४८ जना निको भएका छन् । अहिले १६० जना अस्पतालमा उपचार गराइरहेका छन । मलेसियामा अहिलेसम्म १२६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

अहिलेसम्म मलेसियामा कार्यरत ८१ जना नेपाली कोरोना सङ्क्रमित भएको र उनीहरु सबैजना निको भएको जनाइएको छ ।

Source: Janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु