दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नायिका श्वेता खड्का अव आमाको भूमिकामा देखिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १८ गते, बिहीबार १४:४५

काठमाडौं। अमर नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन्।

हाल चलचित्रमा भन्दा बढी समाज–सेवा र आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी अभिनेत्री खड्का यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी हुन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । हालसम्म नाम चयन नगरिएको थापाको चलचित्रमा अभिनेत्री खड्का आमाको भूमिकामा देखिने भएकी छन्।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ । कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने यस चलचित्रका सञ्चार सहजकर्ता रघु सापकोटाले उल्लेख गरेका छन्।

अमर नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र कहाँ भेटिएलावाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी अभिनेत्री खड्काले त्यसपछि श्रीमान–श्रीमती, कोहिनूर र कान्छीमा अभिनय गरेकी थिइन्।

Source: Visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु