दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चुम्बनका फाइदै फाइदा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १८ गते, बिहीबार १४:५१

काठमाडौ। चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम हो । यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढि सम्बन्ध हुन्छ । चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन । विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्यमा फाइदाहरु हुने गरेका छन् । जुन यसप्रकार रहेको छ–

सम्बन्ध विकाश गर्न
चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दह्रिलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने काम गर्छ । चुम्बनका बेला पैदा हुने अक्जिटोसिन नाम हर्मोनले एक अर्कामा प्रेम तथा सम्बन्ध र विश्वास पैदा गर्न सहयोग पूराउँछ ।

 

यौन सन्तुष्टिमा बढावा
चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो । गहिलो तथा मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ ।

रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि
विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ । पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएका छन्।

खुशी साट्ने माध्यम
चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । यो हर्मोनले मानिसको मूडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहीत हुन्छ ।

दुखाइ कम गर्छ
तात्तातो चुम्बन सत्रका बेला जिउबाड एड्रीनलाइन तत्व उत्सर्जन हुन्छ । यसले जिउमा दुखाइ कम गर्छ । टाउको दुखेको छ ? त्यसो भए पार्टनरसँग मज्जाले चुम्बन गर्नुहोस् अनि महसुस गर्नुहास् यसको फाइदा ।

मोटोपना घटाउँछ चुम्बनका बेला पनि जिउमा प्रसस्तै क्यालोरी दहन हुन्छ । नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने विज्ञहरुको सुझाव छ ।

सदा तन्नेरी
चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन सहयोग पु¥याउने गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु