
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १२४६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
आज ४०२ महिला र ८४४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशका विभिन्न प्रयोगशालामा ११ हजार १४४ स्वाबको नमुना परिक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो ।
योसंगै देशभर कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।
यसैगरी, देशभरबाट थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ ।


