दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कुलमानको कार्यकाल सकियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २८ गते, आईतवार १९:०६

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिएको छ। २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिएको हो।

घिसिंगको कार्यकाल सकिने दिनसम्म पनि सरकारले नयाँ कार्यकारी निर्देशक भने नियुक्त गरेको छैन। घिसिङलाई नै पुनःनियुक्ति गर्नुपर्ने आवाज उठेपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिमा ढिलाई भएको हो। पछिल्लो एक हप्ता मन्त्रिपरिषद्को बैठकसमेत नबसेकाले कार्यकारी निर्देशकबारे कुनै निर्णय भएको छैन।

सरकार घिसिङलाई नै पुनर्नियुक्ति गर्ने सोँचमा रहेको भन्ने अपुष्ट खबरहरु भने ऊर्जामन्त्री बर्षमान पुन निकटहरुबाट बाहिरिने गरेको छ। तर पनि हालसम्म सो विषयमा प्रस्ताव मन्त्रिपरिषदमा भने गएको छैन।

मुलुकले दैनिक १८ घण्टा लामो लोडसेडिङमा मार खेपिरहेका बेला कार्यकारी निर्देशक बनेका घिसिङ प्राधिकरणको सबैभन्दा सफल कार्यकारी निर्देशक मानिन्छन्। लोडसेडिङ अन्त्य भएपछि उनको लोकप्रियता चुलिएको छ। घाटामा गएको प्राधिकरणलाई नाफमा पुर्याएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु