
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर देशभर १ हजार १७० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
योसंगै देशभर कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । आज देशभर सक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा मात्र ८७९ जना डिस्चार्ज भएका छन् । योसँगै ३९ हजार ५७६ जना संक्रमण मुक्त भएका छन् ।


