
काठमाडौ । बितेको २४ घण्टामा देशभर १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएका हुन् ।
यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।


