दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजसेवी कुँवरको नेतृत्वमा ७१ जनाद्धारा रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन १७ गते, शनिबार १७:००

काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरको नेतृत्वमा आज ७१ जनाले रक्तदान गरेका छन् । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता कुँवरले आजसहित पाँच पटक रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

आजसम्म १ सय ६३ जनाले रक्तदान गरिसकेको उनले जनाए । संकलित रगत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ । आजको अभियानमा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले पनि सहकार्य गरेका थिए । पछिल्लो समयमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनले यस्तो अभियान चलाएको बताएका छन् । ‘मैले अरु अभियानसँगै रक्तदान कार्यक्रम पनि गरेको हुँ, रगतको अभावले धेरै मानिसको ज्यान गएको समाचार सुनेपछि यतातिर पनि लागें’ उनले भने ‘ रगतको अभावले कसैको पनि मृत्यु नहोस् भन्ने हाम्रो प्रमुख उद्येश्य हो ।’ उनी रक्तदान अभियानलाई पनि निरन्तरता दिने बताउँछन् ।


बाफलमा व्यापार गर्दै आएका उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् । उनले चैत्र ११ गतेबाट कोरोना भाइरसको त्रासले भएको लकडाउनदेखि अहिलेसम्म १२ सय ४७ जनालाई राहत स्वरुप चामल, दाल, चिनी, तेललगायतका सामग्री वितरण गरेका छन् । उनले राहत वितरण अभियानलाई अहिले पनि निरन्तरता दिएका छन् । उनको अभियानलाई केही व्यक्ति तथा संघसंस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।
केही दिनअघि उनले कोरोना भाइरसको रोकथामका लागि भनेर गुर्जो पनि वितरण गरेका थिए । उनले गुर्जोका अभियन्ता कमलबहादुर राजलवटले दुई चरणसम्म गुर्जो उपलब्ध गराएको बताए । कुँवरले आफ्नो व्यवसायसँगै सामाजिक अभियानलाई पनि सँगसँगै अघि बढाएका छन् । अरुलाई पनि प्रेरणा होस् भनेर आफूले दिनहुँजसो यस्तो कार्य गरिरहेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु