दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुईदिनदेखि बेपत्ता बुटवलका निश्चलको शव भनभने खोलामा भेटियाे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ८ गते, शनिबार १७:४१

बुटवल- दुईदिनदेखि बेपत्ता भएका बुटवलका एक बालकको शव फेला परेकाे छ । बुटवल ८ दिपनगर चमचमचोकमा परिवारसंग बस्दै आएका १० बर्षिय निश्चल तिवारी साथीहरुसंग खेल्न भनेर सिद्धेश्वर मावितिर गएपछि घर फर्केका थिएनन् ।

शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी दिए । बुटवल –८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका उनी एकमात्र छोरा थिए ।साथीहरुसँग पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा उनी डुबेपछि अरूसाथीहरु डरले घर फर्केपनि कसैलाई केहि भनेका थिएनन् तर प्रहरीकाे सोधपुछपछि उनी डुबेकाे स्थान पत्ता लागेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताए ।

बेपत्ता भएपछि परिवारजनमा दशैँकाे मुखमा चिन्ता थपिएकाे छ । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ का बिद्यार्थी हुन्। खाेजी गरिदिन परिवारजनले अपील गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेकाे बुटवल प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु