दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक १६ गते, आईतवार ८:१९

काठमाडौं, कार्तिक १६ । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै कुल संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सहरी क्षेत्रमा सबै उमेर समूहमा संक्रमण देखिएको बताए। ‘सबै उमेर समूहमा संक्रमण देखिनु समुदायमा संक्रमण भएको सूचक हो’, निर्देशक डा पाण्डेले भने, ‘बालबालिका, महिला र वृद्धवृद्धामा समेत संक्रमण देखियो।’

मुलुकभर शनिबार २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये महिला ९ सय ७६ र पुरुष १ हजार ५ सय ३२ जना छन्। यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भएका छन्।

त्यसैगरी, थप १७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

मुलुकभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ छ। काठमाडौं उपत्यकामा २० हजार ३ सय ४४ जना सक्रिय संक्रमित छन्। काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ९० पुगेको छ।

डा पाण्डेका अनुसार काठमाडौंमा संक्रमितमध्ये ५ प्रतिशतभन्दा थोरै व्यक्तिको मात्रै यात्रा विवरण पाइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु