दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सम्झना राई र विक्रम राईको ‘माया यस्तो बनोस् हाम्रो’सार्वजनिक (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते, बुधबार ५:४५

काठमाडौं । नेपाली संगीत क्षेत्रमा गायक गायिका मात्र होइनन्, कुनै गीतकार पनि चर्चित छन् । तिनै चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ ।

‘माया यस्तो बनोस् हाम्रो’बोल गीतको यस भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि । तर, भिडियो सार्वजनिक भएसँगै ‘यो गीतले गीतकार दर्पण राईको साख कायम राख्ला ’ भन्ने प्रश्न पनि उब्जिएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकारको पहिचान छ दर्पण राईसँग । यसैबेला उनले आफ्नो महत्वकाँक्षी गीत ‘माया यस्तो बनोस् हाम्रो’ ल्याएका हुन् ।

मोडल तथा गीतकार दर्पणका आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । तर, परिचय उही छ, ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतका गीतकार दर्पण राई । आधुनिक गीतमा एउटा इतिहास बनाउन सफल ‘तिम्ले बाटो फेरेऊ अरे’ १ र २ ल्याएका दर्पण भन्छन्, ‘यो गीतबाट पनि अपेक्षित छु ।’ तर, त्यति सजिलो छैन, बरु दर्पणका लागि यो एउटा चुनौती पनि हो ।

मीठास र कर्णप्रिय गीतको भिडियो फिल्मीशैलीमा बनेको छ । भिडियो हेर्दा लाग्छ, ‘कुनै फिल्मभित्रको गीत हो यो ।’ हो, यस सन्दर्भमा पनि यो भिडियो गीतकार दर्पणका लागि चुनौती बनेको हो, किनकि यसै भिडियोमार्फत उनी मोडलका रुपमा खुलेका छन् जबकि यसअघि मोडलिङ गरेपनि यसरी उनी खुलेका थिएनन् । मानौँ, ‘माया यस्तो बनोस् हाम्रो’ दर्पणका लागि गीतिकारिताको एउटा खुड्किलो मात्र नभएर फिल्मीयात्राको भ याङ’ पनि हो ।

यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् ।

मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् । त्यसैले लाग्छ, ‘यो गीत तयार गर्दाखेरी नै भिडियो कन्सेप्ट फिल्मीशैलीमा तयार गरिएको थियो ।’ तर, भिडियो एउटै घरमा सक्नुचाहिँ निर्देशक चाम्सको खुबी मान्नुपर्छ ।
एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् । संगीकार कार्कीका लागि यो गीत ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु