दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २४ गते, सोमबार ६:४०

काठमाडौं, कार्तिक २४ । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो ।

खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं अघिसम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले २५ प्रतिशतले वृद्धि भई बजारमा १ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने चनाको मूल्य यति बेला करीब १४ प्रतिशतले वृद्धि हुँदै १ सय २५ रुपैयाँसम्म पर्न थालेको छ ।

त्यसैगरी हरियो केराउको मूल्यमा पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि हुँदै १ सय १५ बाट १ सय ३५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८० रुपैयाँ पर्ने चिनी ९० रुपैयाँसम्म पर्न थालेको छ । सनप्mलावर तेलको मूल्य करीब ९ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ७० बाट १ सय ८५ रुपैयाँ पर्न थालेको छ । तोरीको तेल प्रतिलिटर १३ प्रतिशतले वृद्धि भई २ सय ३० बाट २ सय ६० रुपैयाँ पुगको छ । त्यसैगरी भटमासको तेलको मूल्य पनि करीब १४ प्रतिशतले वृद्धि हुँदै प्रतिलिटर १ सय ५० बाट १ सय ७० रुपैयाँ पुगेको छ ।

नेपालमा दशैं, तिहार र छठपर्वजस्ता चाडपर्वका समयमा तेलको माग बढ्ने भएकाले पनि मूल्य वृद्धि हुने गरेको व्यापारीहरू बताउँछन् । यद्यपि यति बेला मागमा खासै वृद्धि नभएको र आपूर्ति प्रणालीसमेत सहज रहेको कुरा व्यवसायीहरूले स्वीकार गरेका छन् । यस्तो अवस्थामा पनि मूल्य बढ्नुमा अन्तराष्ट्रिय बजार मूल्यको प्रभाव रहेको दाल, चामल तथा तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

उनका अनुसार नेपालमा दाल, गेडागुडी र खानेतेल अस्ट्रेलिया, क्यानडा, मलेशिया र भारत आदि मुलुकबाट आयात हुने गर्छ । अहिले ती देशमा नै यस्ता खाद्य वस्तुहरूको मूल्य बढेकाले नेपालमा समेत त्यसको प्रभाव परेको उनले दाबी गरे । ‘आपूर्ति हुने केन्द्रमा नै मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको हो,’ उनले भने ।

थोक विक्रेताहरूले उद्योगीहरूबाट सामान ल्याएर आपूmहरूलाई मनपरी मूल्यमा सामान बेचेको आरोप खुद्रा व्यापारीरूले लगाएका छन् । यसले गर्दा खुद्रा व्यापारी र उपभोक्ताहरू त्यसको मारमा परेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु