दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“भेंडा बनेर कराउन भन्दा गोठाला बनेर चराउन सिक”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २८ गते, शुक्रबार ११:२२

आँखा भएको अन्धो र
मस्तिष्क भएको अचेत बुद्धिजीवी वर्ग मात्र छन् यहाँ ……

युग परिवर्तनको क्रममा छ, सत्य हो ! समय परिवर्तनशील हुन्छ, यो पनि सत्य हो तर, समयसँगै मानवीय संवेदनामा परिवर्तन आउन भने सक्दैन !

समयले समाजलाई परिवर्तन त गर्ला तर समाजको रूपान्तरण गर्न त मानिसको सोच र दृष्टिकोणमा नै पूरै परिवर्तन गर्न सक्नुपर्छ तब मात्र समाजको परिवर्तन सम्भव छ!

हाम्रो समाजमा परिवर्तन आएकै छैन बरु, समाजमा मध्ययुगिन संस्कार झन्-झन बिकराल बन्दै गएको पुष्टी हुन्छ—

👉️ कोरोनाको बहानामा मानव तस्कर सक्रिय छन् !

👉️ जालसाजी खुलेआम हुन्छन् !

👉️ भ्रस्टाचार र अनियमितता संस्थागत बनेका छन् !

👉️ निर्दोषको लास माथी टेकेर आफ्नो छाक टार्ने हुँडारहरु सक्रिय छन् !

👉️ बिकास, परिवर्तन र समृद्धिको नारामा अल्झाउँने सरकार सक्रिय छन् !

👉️ पिडितको चित्कारमा खेल्न पाउँने अपराधी सक्रिय छन् !

👉️ सत्य-तथ्य लुकाउँने कालाकोटे सक्रिय छन् !

👉️ गरिबको भावना माथी खेल्ने नेता सक्रिय छन् !

👉️ सत्ता, शक्ति र पदको प्रयोग दमनमा सक्रिय छ ……

भिड र भेंडा एकातिर छ, नेता दलाल र तस्कर अर्कातिर छन!
हौवा पिटाएरै हजारौं भेंडा जुटाईन्छ यहाँ ,
सफललाई फुटाईन्छ र निर्दोषलाई कुटाईन्छ पनि यहाँ !

अनि ….

सत्य र निस्पक्ष बोल्नेलाई हिजो जस्तै तातो पानीमा कुखुरा जसरी भुत्ल्याईन्छ, नङ्ग्याईन्छ,
हड्डिखुर छुट्याईन्छ,
चिरफार गरेर आन्द्राभुँडि, मुटु, कलेजो, फोक्सो निकालिन्छ!
अनि त्यसैको रोस्ट ,
त्यसैको सेकुवा र त्यसैको सुप बनाएर जश्न मनाईन्छ!

केहिलाई समर्थनमा उतारिन्छ केहिलाई विरुद्धमा ताकी भावी रणनीति तय गर्न सकियोस र जनताको मुख थुन्न सकियोस!

भेंडा जनता अचेत बुद्धिजीवी आपसमा जल्छन आपस मै लड्छन र आफै सिधिन्छन!
त्यही लास माथी टेकेर फेरि अर्का सच्चा क्रान्तिकारि जन्मिन्छन !
नारा-जुलुस तामझाम सहित उचाल्छन त्यहीँ भेंडा ,
र यवंम रितले निरन्तर यो प्रथा चलिरहन्छ मर्ने मरि नै रहन्छन बाँच्ने चलाखले आफ्नो राजनितिको रोटि सेकि नै रहन्छन !

अब त केही चेत केही बुझ भेंडा बनेर कराउन होईन गोठाला बनेर चराउन सिक !!

राम चन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु