दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोना प्रभावितहरुलाई रत्नपार्कमा दैनिक निःशुल्क खानाको व्यवस्था

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक २९ गते, शनिबार १३:५७

काठमाडौ, २९ कार्तिक-लायन्स क्लब अफ काठमाडौं न्यू ग्रीनसिटी, मानबी क्रिएटिभ एसोसिएसन, सेफ्स एशोसिएसन अफ नेपाल र लायन्स क्लब अफ काठमाडौं टासीको संयुक्त आयोजनामा दैनिक निशुल्क भोजन कार्यक्रम संचालनमा छ ।

उक्त निःशुल्क खाना कार्यक्रमको सहयोगिमा ह्याप्पी होस्टेल काठमाडौं, सेतिओपी युवा क्लब रेन्वो भोलेन्टेयर, ल्यान्डमार्क होटल, मनासलु एडभेञ्चर छन् ।

खाना व्यवस्थापनका लागि ल्यान्डमार्क होटेलका एक्जुकेटिभ सेफ तथा सेफ्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवहरि घिमिरेको संयोजकत्वमा वरिस्ठ सेफ दधिराम दाहालु, बहादुर थापा मगर र श्यामसुन्दर श्रेष्ठको समुह सकृय छ ।

टिमले कोरोना प्रभावितहरुलाई रत्नपार्कमा दैनिक निःशुल्क खानाको व्यवस्था गर्नेछ । शुक्रबार निःशुल्क खानाका साथै रत्नपार्कमा गरिबका लागि लत्ताकपडा वितरण कार्य समेत सम्पन्न गरिएको छ ।

लत्ता कपडा वितरणको संयोजकत्व क्लबका मार्केटिङ कम्युनिकेसन अफिसर कमल दाहालले गरेका थिए । धादिङ जिल्लामा पनि बृद्धाहरुको लागि टर्च लाइट, वाकिङ स्टिक र छातालगायत सामग्री वितरण गरिएको छ ।

आयोजक एवम् सहयोग संस्थाको तर्फबाट विभिन्न बाल तथा वृद्धाश्रममा राशन एवम् हरियो तरकारी समेत उपलब्ध गराउँदै आएको सेफ्स एशोसिएसनका उपाध्यक्ष शिबहरि घिमिरेले जानकारी दिएका छन् ।

कोरोनाका कारण पर्न गएको असरलाई कम गर्न ७७ वटै जिल्लामा फुडबैंक समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको र सोही कार्यक्रम अन्तर्गत रत्नपार्कको खुल्लामञ्चमा निशुल्क खाना खुवाउने कार्यक्रम शुरु भइसकेको कार्यक्रम संयोजक एवम् लायन्स क्लब ग्रिन सिटिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए ।

कोभिडका कारण लकडाउन शुरु भएयता २०५ दिनदेखि रत्नपार्कमा दैनिक ३०० देखि ३५० जनाले खाना खाने गरेको घिमिरेले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु